गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा तनहुँका खतिवडा नियुक्त

Byखवरबाटिका

४ बैशाख २०८१, मंगलवार १२:२२ ४ बैशाख २०८१, मंगलवार १२:२२ ४ बैशाख २०८१, मंगलवार १२:२२

तनहुँ । गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा तनहुँका श्रीकान्त खतिवडा नियुक्त भएका छन् ।

एमाले निकट खतिवडालाई मुख्यमन्त्री खगराज अधिकारीले नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएका छन् । उनी गत चैत २७ गतेकै मन्त्रिपरिषद् निर्णयअनुसार नियुक्त भएका हुन् ।

तनहुँका खतिवडा वन विज्ञान अध्ययन संस्थानमा अध्यापन गर्छन् ।

मुख्यमन्त्री खगराजले सदस्यमा माओवादी कोटाबाट पुन: सुवास अधिकारीलाई नै नियुक्त गरेका छन् । सरकार फेरबदल हुँदा अधिकारी चौथोपटक सदस्य नियुक्त भएका हुन् ।

यसैगरी, मंगलबारको बैठकले प्रेस संयोजक नियुक्त गरेको छ । पत्रकार राजाराम पौडेललाई प्रेस संयोजक नियुक्त गरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed