व्यासको ३ नम्बर वडाद्वारा युवालाई वारिष्टा (कफि बनाउने) तालिम

Byखवरबाटिका

९ बैशाख २०८१, आईतवार १५:३० ९ बैशाख २०८१, आईतवार १५:३० ९ बैशाख २०८१, आईतवार १५:३०

दमौली । तनहुँको व्यास नगरपालिका वडा नम्बर ३ ले युवाहरुका लागी वडा स्तरीय वारिष्टा (कफि बनाउने) तालिम सुरु गरेको छ । व्यास नगरपालिका-३ को आयोजनामा आइतबारदेखि युवा लक्षित तालिम सुरु गरिएको व्यास-३ का वडाअध्यक्ष अनुप रानाले जानकारी दिए ।

तालिममा ३० जना युवा युवतीहरु सहभागी रहेका छन् । आइतबार व्यास–२ दमौलीस्थित एएम प्राईम वारिष्टा ट्रेनिङ एकेडेमीमा संचालन गरिएको तालिमको व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै नगर प्रमुख न्यौपानेले सिप सिके जहाँ गए पनि दु;ख नपाइने बताए । उनि अगाडी थप्छन ‘सिप भएको मान्छे वेरोजगार बस्नु पर्दैन ।’ ‘सिकेको ज्ञानलाई व्यवहारमा र आयआर्जनमा जोड्न नसकेका कारण हामी पछाडि परेका हौँ ।’ उनले भने ‘कमाएको बचाउन सकेमात्र जिवनमा प्रगति हाँसिल गर्न सकिन्छ ।’

यस्तै व्यास-३ का वडाअध्यक्ष अनुप रानाले सहभागीहरुलाई अनुशासित भएर तालिममा सहभागी हुन आग्रह गरे । ४५ दिनको वारिष्टा तालिम सिकेपछि युवाहरु स्वदेशमा नै आत्मनिर्भर बन्न सक्ने तथा तालिमपश्चात प्राप्त सर्टिफिकेटले विदेशमा जाँदा राम्रो सेवा सुविधा प्राप्त गर्न सकिने वडाअध्यक्ष रानाले बताए ।

सो कार्यक्रमको लागि वडाले रु २ लाख विनियोजन गरेको र सहभागीबाट प्रति व्यक्ति रु ३ हजार उठाइएको वडा कार्यालयले जनाएको छ ।

तालिमले युवामा बढ्दो वेरोजगार न्यूनीकरण गर्न र विदेश पलायन घटाउन समेत सहयोग पुग्ने व्यास-३ का वडासदस्य दधिराज घिमिरेले बताए । उनका अनुसार व्यास-३ का युवालाई सिपयुक्त बनाउन वडा लागिपरेको छ ।

सो वारिष्टा तालिम वैशाख ९ देखि आगामी जेठ २४ गतेसम्म संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *