उज्यालो घरका बालबालिकासँग लियो तनहुँद्वारा एलसिआईएफ हङ्गर रिलिफ कार्यक्रम सम्पन्न

Byखवरबाटिका

१० बैशाख २०८१, सोमबार ०८:१२ १० बैशाख २०८१, सोमबार ०८:१२ १० बैशाख २०८१, सोमबार ०८:१२

दमौली । लियो क्लब अफ तनहुँले व्यास-१० स्थित उज्यालो घर बालगृहमा एलसिआईएफ हङ्गर रिलिफ कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार क्लबले उज्यालो घरमा लियो क्लब अफ तनहुँकि अध्यक्ष लियो बसन्ती थापाको अध्यक्षता र लियो जिल्ला परिषद ३२५ एल नेपालका जिल्ला सचिव सुनिल मिश्रको प्रमुख आतिथ्यतामा लियो सर्भिस ग्रान्ट LEO0022806/325L को सपोर्टमा सो कार्यक्रम सम्पन्न गरेको क्लबका निवर्तमान अध्यक्ष महम्मद गफ्फार (सुदिप)ले जानकारी दिए ।

उज्यालो घर बालगृहका बालबालिकालाई खाना तथा खाजा खुवाएर उक्त कार्यक्रम गरिएको क्लबकी अध्यक्ष थापाले जानकारी दिईन ।

उक्त कार्यक्रममा लियो जिल्ला परिषदका पदाधिकारी तथा लियो क्लब अफ तनहुँ र तनहुँ सत्यवतीको सदस्यको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed