पोखरामा प्रदेश बाल भेला सम्पन्न, बाल परिषद् गण्डकीको अध्यक्षमा पर्वतका सन्दिप

Byखवरबाटिका

२४ असार २०८१, आईतवार १७:३५ २४ असार २०८१, आईतवार १७:३५ २४ असार २०८१, आईतवार १७:३५

दमौली । पोखरामा प्रदेश बाल भेला सम्पन्न भएको छ । शनिबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र प्रदेश बाल परिषद् गण्डकीको आयोजनामा सो भेला सम्पन्न भएको हो ।

तेस्रो प्रदेश बाल भेला तथा बल परिषद् पुर्नगठन कार्यक्रमबाट समिति चयन गरिएको छ । जसमा बाल परिषद् गण्डकीको अध्यक्षमा मोदी-२ पर्वतका सन्दिप चापागाई चयन भएका छन् ।

यस्तै उपाध्यक्षमा विनय त्रिवेणी-४ नवलपुरकी एलिसा गैह्रे, सचिवमा पोखरा-१७ कास्कीका गणेश वाग्ले, कोषाध्यक्षमा भिरकोट-८ स्याङजाकी कुसुम रेग्मी, सह-सचिवमा बेनी-७ म्याग्दीका अभिषेक पौडेल चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा थासाङ-१, मुस्ताङकी धनमाया वि.क, पालुङटार-५ गोरखाका सुप्रिम पोखरेल, कावासोती-१६ नवलपुरका प्रशान्त अर्याल, रुपा-१ कास्कीकी अंकिता परियार, डिस्याड-६ मनाङका मंगल गुरुङ, पुतलीबजार -३ स्याङजाका शालीग्राम खनाल, दोर्दी-१ भारते लमजुङकी लप्सना घर्ती, भिमाद-६ तनहुँकी वेल्का हरियाली नेपाली, व्यास ७ तनहुँकी वर्षा गुरुङ र काठेखोला-६ वाग्लुङकी अनुषा कडेल चयन भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *