जापान पठाईदिन्छु भनि ७९ लाख ९७ हजार ठगी गर्ने कमलबारीकी थापा पक्राउ

Byखवरबाटिका

२ श्रावण २०८१, बुधबार २०:२४ २ श्रावण २०८१, बुधबार २०:२४ २ श्रावण २०८१, बुधबार २०:२४

दमौली । विदेश पठाईदिन्छु भनि रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छिन ।

पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका वडा नं. १२ कमलबारी बस्ने वर्ष ३८ की मनुमाया थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तनहुँको भिमाद नगरपालिका वडा नं. ५ घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नं. १ बगर बस्ने वर्ष ३८ की रुपासरा रानालाई थापा ठगी गरेको प्रहरीले जनाएको छ ।

रानालाई सामाजिक संजाल फेसबुक मार्फत सम्पर्क गरी बैदेशिक रोजगारको लागी जापानमा फेमिली भिषा लगाई पठाईदिन्छु भनी विश्वास दिलाई मनुमाया थापाले विभिन्न बैकहरुको खातामा पैसा जम्मा गर्न लगाएकी थिइन ।

उनले नगद रु.७९ लाख ९७ हजार ९९९ बैकबाट निकाली सकेको अवस्थामा खातावाला थापालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी उनको साथबाट नगद रु. ४ लाख ८० हजार र विभिन्न ७ वटा बैकहरुको चेक बुकहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

ठगी सम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *