आँबुखैरेनीको छिम्केश्वरी पार्क आन्तरिक पर्यटकको केन्द्रबिन्दु बन्दै

Byखवरबाटिका

१६ कार्तिक २०८१, शुक्रबार १०:४९ १६ कार्तिक २०८१, शुक्रबार १०:४९ १६ कार्तिक २०८१, शुक्रबार १०:४९

आँबुखैरेनी । प्रसिद्ध धार्मिकस्थल छिम्केश्वरी मन्दिर परिसरमा आकर्षक पार्क निर्माण गरिएको छ ।

गण्डकी प्रदेश सरकारको बीस लाख आर्थिक सहयोगमा पर्यटन प्रबद्र्धनार्थ आकर्षण किसिमको छिम्केश्वरी पार्क निर्माण गरिएको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी क्षेत्र समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा रहेको छ । गण्डकी प्रदेश सरकारले दुई आर्थिक बर्षमा रु.दश÷दश लाख बजेट विनियोजन गरेपछि निर्माण गरिएको हो ।

पार्कमा ढुङ्गा बिच्छाएर आकर्षण किसिमले बनाइएको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । मन्दिरमा पूजाअर्चनाका लागि पुग्ने भक्तजनलाई बस्न र मनोरञ्जन दृश्यवलोकन हेर्न सहज भएको छ । पार्कमा नेपालको ठूलो झण्डा समेत राखिएको छ ।

छिम्केश्वरी माईको दर्शन एवं भाकलका साथै उक्त स्थानबाट अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाल लगायतका मनोरम दृश्यहरु अवलोकन गर्न सकिने वडाध्यक्ष गुरुङले बताए ।

जिल्लाकै सर्वोच्च उचाईमा रहेको यस मन्दिरमा पुग्ने जो कोही पर्यटनहरु मनोरम प्राकृतिक दृश्यले आर्कषण हुने गर्दछन् । छिम्केश्वरी मन्दिर जीर्ण बन्दै गएकाले हालै प्यागोडाशैलीमा पुन: निर्माण गरेपछि यस क्षेत्रको मुहार फेरिएको छ ।

पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको आँबुखैरेनीदेखि लाब्दीसम्मको करिब १८ किमी दूरीको यात्रापछि उक्त मन्दिरमा पुग्न सकिन्छ । उक्त दूरीमध्ये नौ किमी कालोपत्रे छ भने अन्य सडक ग्रावेल रहेको छ ।

ग्रावेल सडक पश्चात ७५० मीटर रेलिङ्ग निर्माण गरिएकाले पैदल हिड्नुपर्ने हुन्छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकाले पर्यटन प्रबद्र्धन गर्न मन्दिर पुननिर्माण गरी संरक्षण गरिएको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले बताए ।

उनका अनुसार गाउँपालिकाले करिब रु.पैतालिस लाख बजेट बिनियोजन गरेको थियो ।

उक्त मन्दिरको छाना, मुकुट, नागोल, झलर र गजुरमा गरी कूल ४२५ किलोग्राम पित्तल प्रयोग गरी आर्कषण किसिमको बनाइएको गाउँपालिकाका इन्जिनियर पंकज मगरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *