व्यास नगरपालिकाको दीर्घकालिन सरसफाई व्यवस्थापन बारे बैंककमा प्रस्तुतीकरण

Byखवरबाटिका

१४ मंसिर २०८१, शुक्रबार २२:१३ १४ मंसिर २०८१, शुक्रबार २२:१३ १४ मंसिर २०८१, शुक्रबार २२:१३

दमौली । तनहुँको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सरसफाई व्यवस्थापनको विषयमा नगरपालिकाले गरेका काम र सामना गरिएका चुनौतीहरूबारे प्रस्तुतिकरण गरेका छन् ।

थाइल्याण्डको बैंककमा हालै सम्पन्न एशिया प्यासिफिक मेयर्स एकेडेमीको समापन समारोहमा न्यौपानेले सरसफाई व्यवस्थापन सम्बन्धि प्रस्तुतीकरण गरेका हुन् ।

व्यास नगरपालिकाले फोहोर व्यवस्थापनका क्षेत्रमा अपनाएका नवीनतम उपाय र सफलताका कहिल्यै नटुंगिने चुनौतीहरूको चर्चा न्यौपानेले गरेका थिए। उनले नगरपालिकाले समुदायको सक्रिय सहभागिता र नवीन प्रविधिको प्रयोगमार्फत फोहोरलाई उपयोगी साधनमा रूपान्तरण गर्दै आएको उल्लेख गरे ।

न्यौपानेका अनुसार फोहोर वर्गीकरणतर्फ स्रोतमै जैविक र अजैविक फोहोरको वर्गीकरण गरी पुनः प्रयोग र पुनः प्रशोधनमा जोड दिइएको छ ।

कम्पोस्ट उत्पादनतर्फ जैविक फोहोरलाई मलमा रूपान्तरण गरी कृषिमा उपयोग गर्दै आर्थिक मूल्य सिर्जना गरिएको बताउँदै न्यौपानेले प्लास्टिक पुनः प्रयोगतर्फ प्लास्टिकजन्य फोहोरलाई पुनः प्रयोग गर्ने कार्यक्रमहरू सञ्चालन गरिएको बताए ।

उनले स्थानीय स्रोत, जनशक्ति र प्रविधिको सीमितताका बाबजुद नगरपालिकाले दीर्घकालीन र प्रभावकारी योजनाहरू अघि सार्दै आएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *