दमौली । तनहुँको व्यास नगरपालिकाले तनहुँको सदरमुकाम दमौलीमा नगर स्तरीय भलिबल प्रतियोगिता गर्ने भएको छ ।

व्यास नगरपालिका खेलकूद विकास समितिको आयोजनामा यही पुस १९ र २० गते प्रतियोगिता हुने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा व्यास नगरपालिका भित्रका १४ वटै वडाका टीम सहभागी हुने व्यास नगर खेलकुद समितिका अध्यक्ष एवम् वडा नम्बर ६ का वडाध्यक्ष जीवन गुरुङले जानकारी दिए ।

प्रत्येक वडाबाट उत्कृष्ट खेलाडीहरुको पहिचान गरी व्यास नगर पालिकामा एउटा बलियो भलिबल टिम तयार पार्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको गुरुङले बताए ।

प्रतियोगितामा प्रथम हुने समुहले रु. ५० हजार, द्वितीय पुरस्कार रु. ३० हजार र सान्त्वना पुरस्कार दश/दश हजार पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गर्ने समितिका सदस्य सचिव तथा शिक्षा शाखा प्रमुख केदार आचार्यले जानकारी दिए ।

प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरु छनोट गरी नगरपालिकाको तर्फबाट विभिन्न स्थानमा हुने प्रतियोगितामा पठाईने व्यास नगरपालिकाले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *