दमौली । जिल्ला ट्रफिक कार्यालय तनहुँले दुई पाङ्ग्रे सवारी साधनको चालकलाई सडक सुरक्षा सम्बन्धमा सचेतना गराएको छ ।

केहि समय यता तिब्र गतिका कारण दुई पाङ्ग्रे सवारी साधन अनियन्त्रित भई दुर्घटना हुँदा मानबिय क्षति बढ्दै गईरहेकोले जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ ।

काठमाण्डौबाट पोखरा तर्फ जाने र पोखराबाट काठमाण्डौ तर्फ जाने दुई पाङग्रे सवारी साधनहरुलाई लक्षित गरी तनहुँ भित्रिने नाकाहरुमा दुई पाङ्ग्रे मोटरसाईकल र स्कुटर चलाउने चालकहरुलाई सडकमा नै भेला जम्मा गरी सचेतना गराईएको कार्यालयले जनाएको छ ।

तिब्रगतीका कारण हुने सवारी दुर्घटना, चालकको लापरबाही, सडक सुरक्षा, सडकको अबस्था सम्बन्धमा सम्झाई बुझाई एवं सचेतना गराईएको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed