दमौली । नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्लास्थित विभिन्न स्थानीय तहमा रहेका धार्मिक, पर्यटकीय स्थलको प्रबद्र्धनका लागि घुम्ती बैठक आयोजना गर्ने निर्णय गरेको छ ।
शाखाको आज सम्पन्न कार्यसमिति बैठकले पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यसहित जिल्लाका सबै स्थानीय तहका धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलमा बैठक आयोजना गर्ने निर्णय गरेको हो ।
जसअनुसार आगामी बैठक फागुन १० गते व्यास नगरपालिका–३ स्थित व्यास गुफामा आयोजना गर्ने निर्णय भएको महासङ्घ तनहुँका सचिव कृष्ण न्यौपानेले जानकारी दिए । यस किसिमको बैठक आयोजना गर्दा सम्बन्धित स्थानीय तहसँग समन्वय गरिने उनको भनाइ छ ।
बैठकले नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका सदस्यहरुको स्वास्थ्य बीमा गर्नका लागि शाखाको अनुरोधमा व्यास नगरपालिकाले सहयोग गर्ने निर्णय गरेकामा व्यास नगरपालिकालाई हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
यस्तै शाखाको आयोजनामा पेशागत व्यावसायिक तालिम सञ्चालन गर्ने र सहयोगका लागि स्थानीय तहसँग अनुरोध गर्ने निर्णय गरिएको छ ।
यस्तै शाखाको आयोजनामा जिल्लास्थित सबै स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्षउपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसँग उपयुक्त समयमा अन्तरक्रिया आयोजना गर्ने निर्णय गरिएको छ ।
यस्तै शाखाको भवन मर्मत सम्भारका लागि सहयोग गर्न सङ्घ र प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको छ । बैठकले शाखाका सचिव कृष्ण न्यौपानेका पिता रामचन्द्र न्यौपानेको असामयिक एवं दुःखद निधन भएकामा शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।