भानु । तनहुँको भानु नगरस्तरीय छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि भानु १२ स्थित विद्यानिकुञ्ज मावि वयापानीले जितेको छ ।
भानु नगरपालिका खेलकुद विकास समितिको आयोजनामा भानु ९ काउरेटार स्थित खेलकुद मैदानमा भएको कूल ३० वटा स्वर्ण पदकहरु मध्ये ६ स्वर्ण १ रजत र २ कास्य पदक गरी जम्मा ९ पदक प्राप्त गरी विद्यानिकुञ्ज माविले प्रथम हुँदै रनिङ् शिल्डको उपाधि चुम्न सफल भएको हो ।
त्यसैगरी कालिका मावि भानु ९ डुम्रिखर्कले ५ स्वर्ण ६ रजत र ४ कास्य पदक प्राप्त गरी कुल १५ पदक सहित द्वितीय भएको छ भने ४ स्वर्ण ३ रजत गरी जम्मा ७ पदक जितेर कर्मदा मावि भानु ९ वाइसजङ्घार तृतीय बन्न सफल भएको छ ।
त्यसैगरी होरालो माविले ३ स्वर्ण ६ रजत र १ कास्य पदक प्राप्त गरी कुल १० पदक प्राप्त गरेको छ भने जनजागृति मावि तुरतुरेले ३ स्वर्ण २ रजत र २ कास्य पदक प्राप्त गरी कुल ७ पदक प्राप्त गरेको छ ।
त्रिभुवन मावि मानेचौकाले २ स्वर्ण १ रजत र २ कास्य पदक प्राप्त गरी कुल ५ पदक प्राप्त गरेको छ । चोक मावि रापुरेटारले २ स्वर्ण १ रजत र २ कास्य पदक प्राप्त गरी कुल ५ पदक प्राप्त गरेको छ भने जयबुद्धले २ स्वर्ण १ रजत र २ कास्य पदक प्राप्त गरी कुल ५ पदक प्राप्त गरेको छ ।
सरस्वती मन्दिर मावि घलेछापले १ स्वर्ण र २ रजत पदक प्राप्त गरी कुल ३ पदक प्राप्त गरेको छ । भानु संस्कृत मावि चुँदीले १ स्वर्ण पदक प्राप्त गरेको छ ।
हिमालय मावि चाम्बासले २ रजत र ३ कास्य पदक प्राप्त गरी कुल ५ पदक प्राप्त गरेको छ भने राष्ट्रिय मावि मयाखुले २ रजत र २ कास्य पदक प्राप्त गरी कुल ४ पदक प्राप्त गरेको छ ।
फिस्टेल माविले १ रजत र ४ कास्य पदक प्राप्त गरी कुल ५ पदक प्राप्त गरेको छ । अरनिको मावि ठूलोढुँगाले ३ कास्य पदक प्राप्त गरेको छ । मनोहर मावि महन्तेहटियाले २ कास्य पदक प्राप्त गरी कुल ३ पदक प्राप्त गरेको शिक्षा शाखा प्रमुख ध्रुवराज पौडेलले जानकारी दिए ।
प्रतियोगितामा २४ वटा विद्यालयहरुको सहभागीता रहेको प्रथम हुने विद्यालयले नगद पुरस्कार रु २५ हजार, ट्रफि र प्रमाणपत्र पाएको छ भने एउटा आकर्षक रनिङ् शिल्ड पनि प्राप्त गरेको छ ।
त्यसैगरी सर्व द्वितीय हुने कालिका मावि डुम्रिखर्कले रु २० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
सर्वतृतीय हुने कर्मदा माविले रु १५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको शिक्षा अधिकृत सरस्वती गुरुङ ढकालले बताए ।
पुरस्कार वितरण कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले नगरपालिकाले खेलकूदको क्षेत्रलाई प्राथमिकता दिएको र आगामी दिनमा समेत प्राथमिकता दिईने बताए । उपप्रमुख उमा गोतामेले प्रतियोगितामा बालबालिकाको उत्साहजनक सहभागिता रहेकोमा खुशी ब्यक्त गरिन ।