दमौली । लायन्स क्लब अफ तनहुँ दमौलीको अध्यक्षमा बसन्त जिसि सर्वसम्मत चयन भएका छन् । क्लबको ७ औं अधिवेशन तथा ८औं साधारणसभाबाट लायन वर्ष २०२५/२६ का लागि अध्यक्षमा जिसि सर्वसम्मत चयन भएका हुन् ।
यस्तै क्लबको प्रथम उपाध्यक्षमा सन्जिब अधिकारी, दित्तीय उपाध्यक्षमा महेन्द्र रिजाल र तृतीय उपाध्यक्षमा सन्तोष दाहाल चयन भएका छन् ।
त्यसैगरी क्लबको सचिवमा मिन कुवर र कोषाध्यक्षमा सरोज जमरकट्टेल सर्वसम्मत चयन भएका छन् ।