तनहुँको गल्छिनामा दुई मोटरसाईकल ठोक्किदा एक मोटरसाईकल चालकको मृत्यु, दुईको अवस्था गम्भिर

Byखवरबाटिका

४ बैशाख २०८२, बिहीबार १२:१९ ४ बैशाख २०८२, बिहीबार १२:१९ ४ बैशाख २०८२, बिहीबार १२:१९

दमौली । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी–४ गल्छिनामा दुई मोटरसाईकल ठक्कर खादा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शुक्लागण्डकी–३ कवासेका करिव १९ वर्षका रोमन लम्साल रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक पोषण थापाले जानकारी दिए ।

दुलेगौंडाबाट खैरेनीटारतर्फ जादै गरेको लु १४ प २२४७ नं. को पल्सर मोटरसाईकल र खैरेनीटारबाट दुलेगौंडा आउदै गरेको लु प्र ०१००१ प ५६६८ नं. को मोटरसाईकल एकआपसमा बुधबार साँझ ठोक्किएको थियो ।

दुलेगौंडा आउदै गरेका मोटरसाईकल चालक लम्सालको दुर्घटनापछि जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि पल्सर मोटरसाईकलका चालक शुक्लागण्डकी–४ का २० वर्षिय सुसान आले र सोहि ठाउँका १९ वर्षिय निश्चल गुरुङ घाइते भएका छन् ।

उनीहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था गम्भिर रहेको छ ।

पृथ्वीराजमार्ग विस्तारसँगै गल्छिना क्षेत्रमा यसअघि पनि दुर्घटना भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *