दमौली । जनभावना नेवा खल: मिसा पुच: को १५औं साधारण सभा एवं आठौं अधिवेशन शनिबार दमौलीमा सम्पन्न भएको छ ।
कार्यक्रम जनभावना नेवा खल: मिसा पुच: की अध्यक्ष सिता श्रेष्ठको अध्यक्षतामा शनिबार सम्पन्न भएको हो ।
आठौं अधिवेशनबाट रश्मिला पिया ताम्रकारको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
यस्तै संस्थाको उपाध्यक्षमा कल्पना श्रेष्ठ, सचिवमा सरिता कुमारी श्रेष्ठ, कोषाध्यक्षमा मुना श्रेष्ठ, सह–सचिवमा सिता देवी श्रेष्ठ, सह–कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ सर्वसम्मत चयन भएको निर्वाचन मण्डलकी संयोजक योगिता श्रेष्ठले जानकारी दिईन ।
यस्तै सदस्यहरुमा इन्द्रकुमारी श्रेष्ठ (ज्ञानु), बिमला श्रेष्ठ, गिता श्रेष्ठ, सानु श्रेष्ठ र फूलमाया बतास चयन भएका छन ।
कार्यक्रमको प्रमुख अतिथि व्यास–२ का वडाअध्यक्ष काशिराम श्रेष्ठ रहेका थिए । सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले संस्थामा म होइनहामि भनेर लाग्नुपर्ने बताए । उनले अगाडि थपे ‘ हाम्रो यहिको संस्कार अनुसारको तालिम दिनुपर्छ ।’
जनभावना नेवा खल: मिसा पुच: ले समाजमा देखिने खालको काम गर्नुपर्ने उनले बताए । हामिले हाम्रो भेषभुषा, भाषा, खानपान रसंस्कृती जोगाउनुपर्नेमा उनको जोड दिए ।
सोही अवसरमा जेष्ठ नागरिक भिम कुमारी श्रेष्ठ र मनमाया श्रेष्ठ लाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि नेवा मिसा दवुकी केन्द्रिय उपाध्यक्ष योगिता श्रेष्ठ, तनहुँ नेवा दये दवुका जिल्ला अध्यक्ष क्या.तारालालमल्ल, व्यास नगर गुठी समन्वय समितिका अध्यक्ष क्या. सन्तलाल श्रेष्ठ र संस्थाकी संस्थापक अध्यक्ष भगवती श्रेष्ठ लगायतलेशुभकामना मन्तव्य राखेका थिए।