दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाको गिराउनचौरमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । सोमबार राति १२:३० बजेको समयमा जिल्लाको आबुँखैरेनी गाउँपालिका वडा नं १ गिराउनचौर स्थित बरादी हिलेखर्क भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते छन् ।

मिर्लुङबाट छापस्वारा तर्फ जन्ती लिई जादै गरेको बा १८ च ५९२१ नं को बोलेरो जिप अनिन्त्रित भई सडकदेखी अन्दाजी ५०० मिटर तल खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

बोलेरो जिपमा सवार यात्रुहरु मध्ये आँबुखैरेनी गाउँपालिका वडा नं ६ छापस्वारा बस्ने वर्ष ७२ को आसपुर गुरुङको घटनास्थलमा नै मृत्यु भएको र तनहुँको व्यास नगरपालिका वडा नं ९ गजौडे बस्ने वर्ष १७ की तुलसी गुरुङको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा बिहान ३:४० बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते मध्य आँबुखैरेनी अस्पतालमा ६ जनाको उपचार भईरहेको प्रहरीले जनाएको छ । जसमा तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ६ प्युघर बस्ने वर्ष १५ की सुबिना गुरुङ, वर्ष ६७ को मन बहादुर गुरुङ, वर्ष ३८ की सुकमाया गुरुङ, वर्ष ६ की एलिसा गुरुङ, आबुखैरेनी गाउँपालिका वडा नं ६ छापश्वारा बस्ने वर्ष १९ की सबिता गुरुङ, बन्दिपुर गाउँपालिका वडा नं ३ सुखौरा बस्ने वर्ष १० को सिसिर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

यस्तै नयाँ मेडिकल कलेज भरतपुर चितवनमा १० जना घाइतेहरुको उपचार भइरहेको छ । जसमा तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं १ गिराउनचौर बस्ने चालक वर्ष ३८ को राजकुमार विश्वकर्मा, आँबुखैरेनी गाउँपालिका वडा नं ६ प्युघरफाट बस्ने वर्ष ७० को भक्कुलाल गुरुङ, वर्ष ५६ को सेर बहादुर गुरुङ, आँबुखैरेनी गाउँपालिका वडा नं ६ छापस्वारा बस्ने वर्ष ५६ को सोमलाल गुरुङ, वर्ष ३६ की आसमाया गुरुङ, वर्ष १० की दीक्षा गुरुङ, वर्ष ५२ को सेते गुरुङ, वर्ष ३६ की चिजकुमारी गुरुङ, आँबुखैरेनी गाउँपालिका वडा नं १० बस्ने निजको छोरा १८ महिनाको सुसान गुरुङ र आँबुखैरेनी गाउँपालिका वडा नं ६ छापस्वारा बस्ने बर्ष ३७ की सुनिता गुरुङ रहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *