भन्सारमा प्रथम भानु नगर महोत्सव सुरु

Byखवरबाटिका

९ पुष २०८१, मंगलवार २०:५९ ९ पुष २०८१, मंगलवार २०:५९ ९ पुष २०८१, मंगलवार २०:५९

भानु । तनहुँको भानुमा भानु नगर उद्योग वाणिज्य संघको आयोजनामा मंगलबार देखि प्रथम भानु नगर महोत्सव सुरु भएको छ ।

महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गरेका थिए । महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथी अध्यक्ष ढकालले प्रथम भानु नगर महोत्सवले नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानुको साहित्यिक तीर्थस्थलको प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

साथै उनले स्थानीय स्तरमा अर्गानिक वस्तुहरुको उत्पादन बढाउनु पर्ने भन्दै उत्पादन हुने बस्तुलाई निर्यात गर्ने वातावरण बनाउन सरोकारवालाको ध्यानाकर्षण गराएका छन ।

अध्यक्ष ढकालले भानुमा आयोजना गरिएको महोत्सवले यस क्षेत्रको अर्थतन्त्रलाई चलायमान गर्न समेत निकै मद्धत पुग्ने बताए ।

महोत्सव मूल आयोजक समितिका संयोजक एवं भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष अमित भट्टचन, प्रदेश सदस्य मंगल प्रसाद श्रेष्ठ, उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष मानकाजी श्रेष्ठ, नेपाली काँग्रेस भानु नगर सभापति रामकुमार श्रेष्ठ, एमाले नगर अध्यक्ष शंकर रानाभाट लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिले बोलेका थिए ।

महोत्सवको पहिलो दिन कलाकारहरु जगत गौडेल र सुभद्रा श्रेष्ठको प्रस्तुति रहेको थियो भने बुधबार कलाकारहरु हेमन्त शर्मा, चोलेन्द्र गौतम, तुलसा क्षेत्री, हास्यकलाकार एवं जादुगर राजेन्द्र गिरी, विश्वकै होचो ब्यक्ति मनोज गोर्खालीको प्रस्तुती रहने र बुधबार देखि नै नृत्य प्रतियोगिता सुरु हुनेछ ।

महोत्सव सुरु हुनु अगाडि विभिन्न जातजाति र समूहले झाँकी प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *