तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन गरी चुनावमा जानु राष्ट्रको आवश्यकता रहेको बताए । १३३औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँगे्रस तनहुँद्धारा आइतबार दमौलीमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन ।
एक्लै लड्दा सबै ठाउँमा जीत हासिल गर्न मुश्किल पर्ने हुँदा कमजोर ठाँउमा गठबन्धन गर्न आवश्यक रहेको बताए । कांग्रेस एक्लै चुनाव लड्न खोजे कम्युनिष्टहरू मिल्न सक्ने खतरा रहेकोले गठबन्धन गरिएको वरिष्ठ नेता पौडेलको भनाई थियो । विदेशी शक्ति कम्युनिष्ट मिलाउन लागिपरेको पौडेलको भनाई थियो ।
देशका धेरै ठाउँमा सत्तारुढ दलमा आवद्ध गठवन्धन विच चुनावी तालमेल भएको छ त्यसले राम्रो परिणाम ल्याउने नेता पौडेलले दाबी गरे । अन्य दलहरुका विच भएको गठवन्धन भने अपवित्र रहेको आरोप काँगे्रस नेता पौडेलले लगाए । ‘यही सरकारलाई संसदीय चुनाव सम्म जोगाई राख्न पनि गठवन्धन दलहरु विच चुनावी तालमेल गर्नु भएको हो’ नेता पौडेलले भने ‘लोकतन्त्र, स्थायित्व र उपलवधीको रक्षा गर्न कांग्रेसले गठवन्धन दलहरु विच तालमेल गरेर अगाडी बढेको स्मरण पौडेलले स्मरण गरे ।
श्रमको सम्मानको लागि कांग्रेसले नै मजदुर आन्दोलनको सुरुवात गरेको पौडेलले बताए । निर्वाचनको समयमा नेकपा एमालेका अध्यक्ष केपी वली नेतृत्वमा बनेको गठबन्धन पुरातनवादी प्रतिक्रियाबादीे गठबन्धन भएको पौडेलको आरोप थियो । एमालेले दरबारबादी लगायतका प्रतिगमन तर्फका शक्तिसंग सहकार्य गरेको पौडेलको आरोप छ ।
कांग्रेसले गरेको गठबन्धन प्रगतिशील भएको उनको भनाई छ । केपी वली लगायतले बाहिर राष्ट्रबादको नारा दिएर प्रतिगामी शक्ति संग गठबन्धन गरेको समेत पौडेलले आरोप लगाए ।
भ्रष्ट प्रवृत्तिलाई पाखा लगाउन कांग्रेसलाई बिजयी गराउनुपर्ने पौडेलको भनाई छ । अहिलेको गठबन्धनले नेपाली कांग्रेसलाई संसदमा बहुमतमा पु¥याउने समेत दाबी गरे । देशमा लोकतान्त्रिक गणतन्त्र ल्याउन श्रमीकहरुले खेलेको भुमिका महत्वपुर्ण रहेको काँग्रेस नेता पौडेलले बताए ।
मजदुर एकता अहिलेको आवश्यकता भन्दै उनिहरुको हक र अधिकारका लागी राज्य पक्ष गम्भिर हुनुपर्ने भनाई पौडेलको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थ, जिल्ला समन्वय समितीका प्रमुख शान्ति रमण वाग्ले, ट्रेड युनियन काँगे्रस तनहुँका अध्यक्ष सुर्य चन्द्र हडखले, उपाध्यक्ष लोकराज सेढाइ लगायतकाले मजदुरहरुको गाँस, बाँस र कपासको व्यवस्थाको साथै सामाजिक सुरक्षामा राज्यले ध्यान दिनुपर्नेमा उनले जोड दिएका थिए ।