माइली डाँडामा रेलिङले च्यापिएर महिलाको मृत्यु

Byखवरबाटिका

२३ बैशाख २०७९, शुक्रबार ०९:१० २३ बैशाख २०७९, शुक्रबार ०९:१० २३ बैशाख २०७९, शुक्रबार ०९:१०

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ माइली डाँडामा रेलिङले च्यापिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ५६ वर्षीया वसुन्धरा विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ग १ ख ५८७५ नम्बरको टिपरले निर्माण सामग्री खन्याउने क्रममा घरको रेलिङमा ठक्कर दिई सोही रेलिङले च्यापिएर घाइते महिलाको आज उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घाइते महिलालाई तत्कालै रत्नहरि अस्पतालमा उपचार पश्चात् थप उपचारका लागि पोखरा पठाइएको थियो ।

टिपर चालक म्याग्दे गाउँपालिका–६ घर भई व्यास–१ चारकुने बस्ने ४८ वर्षीय चेतकुमार खवासलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका विरुद्ध सवारी ज्यान मुद्दामा आज अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *