तनहुँमा लागुऔषध सहित दुई जना पक्राउ

Byकिरण श्रेष्ठ

२३ बैशाख २०७९, शुक्रबार १६:०६ २३ बैशाख २०७९, शुक्रबार १६:०६ २३ बैशाख २०७९, शुक्रबार १६:०६

तनहुँ । तनहुँमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. २ कोत्रेमा पोखरा महानगरपालिका वडा नं. ३ बस्ने ३४ वर्षीय बालकृष्ण गिरी रहेकोे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

गिरिले झोलामा लुकाई छिपाई ल्याएको नुफिनको शिशी २५ एम्पुल, डाईजापामको शिशी २५ एम्पुल, फेनरागनको शिशी २५ एम्पुल गरी जम्मा ७५ एम्पुल लागूऔषध सहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गिरीलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गमा अस्थायी प्रहरी बिट कोत्रे तनहुँबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भैरहवाबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ७४०१ नं.को बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध सहित गिरी पक्राउ परेका हुन ।
यस्तै शुक्रबार बिहान जिल्लाको आबुँखैरेनी गाउँपालिका वडा न. ४ बेनिटारमा लागुऔषध सहित पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ बस्ने २२ वर्षीय अनिल परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

पृथ्वीराजमार्ग सडक खण्डमा अस्थायी प्रहरी बिट मुग्लिन पुलजिप तनहुँबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा मुग्लिङ तर्फबाट आबुँखैरेनी तर्फ आउदै गरेको ना. ५ ख. ४९६७ न. को बसमा शंका लागी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार परियारलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

उनले लिएको झोला भित्र लुकाई छिपाई ल्याउदै गरेको नुफिनको शिशी १२५ एम्पुल, डाईजापामको शिशी १२७ एम्पुल, फेनरागनको शिशी १२६ एम्पुल गरी जम्मा ३७८ एम्पुल लागूऔषध भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

लागुऔषधसहित पक्राउ परेका परियारलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरेहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *