तनहुँ । तनहुँको व्यास नगरपालिकाको नगर प्रमुख (मेयर) पदमा उम्मेदवार वैकुण्ठ न्यौपानेले व्यास-४ स्थित मदर्सा प्रावि मतदान केन्द्रबाट मतदान गर्नेछन् । त्यस्तै मेयरका अर्का उम्मेदवार दीपकराज जोशीले व्यास-२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

व्यास नगरपालिकामा मेयरमा अन्य उम्मेदवार भएपनि मुख्य प्रतिष्पर्धा न्यौपाने र जोशी बीच हुने देखिन्छ ।

जिल्लामा सबैभन्दा धेरै मतदाता व्यास नगरपालिकामा रहेको छ । व्यास नगरपालिकामा ४७ हजार ५४२ मतदाता रहेका छन् । २०७४ सालको निर्वाचनमा व्यासमा मतदाताको संख्या ३८ हजार ९१७ थियो । अहिले व्यास नगरपालिकामा ८ हजार ६२५ जना मतदाता नयाँ थप भएका छन् ।

शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि तनहुँका सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाका २९७ वटै मतदान केन्द्रमा मतदानस्थल निर्माणका सकिएका छन् ।

जिल्लामा कूल दुई लाख ४४ हजार ३४० जनाले मतदान गर्न पाउने छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार जिल्लामा एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला मतदाता रहेका छन् ।

जिल्लामा ४४५ पदका लागि १ हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *