तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा तनहुँबाट मतदान गर्ने भएका छन् । शुक्रबार विहान सात बजेपछि व्यास नगरपालिका–२ को सत्यवती मावि केन्द्रबाट मतदान गर्ने उनले बताए ।

पौडेलको गृह जिल्ला पनि तनहुँ नै हो भने उनी तनहुँ १ बाट प्रतिनिधिसभा निर्वाचन लड्दै आएका छन् ।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)ले तनहुँको व्यास-४ स्थित मदर्सा प्राविबाट मतदाङ गर्ने भएका छन् । मन्त्री श्रेष्ठले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस नेता पौडेललाई तनहुँ क्षेत्र नम्बर १ मा हराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed