बन्दिपुरको भुजेल बस्तिमा बाड्न लागेको ५० बाेरा चामल प्रहरीको नियन्त्रणमा

Byकिरण श्रेष्ठ

२९ बैशाख २०७९, बिहीबार १२:२९ २९ बैशाख २०७९, बिहीबार १२:२९ २९ बैशाख २०७९, बिहीबार १२:२९

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालेका-५ स्थित भुजेल बस्तिमा वितरण गर्न लागेको ५० बाेरा चामल वाईसीएलको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

वितरणका लागि तयारी गरेकाे अवस्थामा आधिखाेलाबाट नियन्त्रण लिई वाईसीएलले प्रहरीकाे जिम्मा लगाएकाे वडा अध्यक्षका उम्मेदवार ध्रुव लामिछानेले जानकारी दिए ।

बुधबार राति चामल बाड्न लागेको खबर पाएसंगै माओवादी केन्द्रको भातृ संगठन वाईसीएलले नियन्त्रणमा लिएको हो । उक्त चामल कुन समुह वा राजनीति दलले बाड्न खोजेको हो भन्ने बारे खुलेको छैन ।

बन्दिपुरका विपन्न बस्तिमा मतदाता किन्न चलखेल भएको देखिएको प्रहरीले जनाएको छ । यस्ता गतिविधि मौन अवधिमा अन्य स्थानमा भएमा प्रहरीलाई खबर गर्न समेत भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed