आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ स्थित मित्रता मावि मतदान केन्द्रमा नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ता बीच झडप भएको छ ।

मतदान सकेर सिल गरि मतगणना स्थलतर्फ मतपेटिका ल्याउने क्रममा साँझ करिब सवा ६ बजेतिर दुई पक्षबिच मतदान केन्द्र भन्दा बाहिर झडप भएको हो ।

झडपकै क्रममा प्रहरी माथि पनि ढुङ्गामुढा हुन थालेपछि मतपेटिका सुरक्षाका लागि प्रहरीले ५ राउण्ड हवाईफायर गर्नुपरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनी जानकारी दिएको छ ।

प्रहरीका अनुसार झडपमा परि ८ जना स्थानीय घाईते भएका छन् भने १ जना म्यादी प्रहरी पनि सामान्य घाईते भएका छन् । यद्यपी दुई पक्ष बिच झडप भएपनि प्रहरीले मतपेटिका सुरक्षित साथ मतगणनास्थलमा ल्याईसकिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box