तनहुँको आँबुखैरेनी गाउँपालिकामा मतगणना सुरु, माओवादी केन्द्र अगाडी

Byकिरण श्रेष्ठ

३१ बैशाख २०७९, शनिबार १३:०९ ३१ बैशाख २०७९, शनिबार १३:०९ ३१ बैशाख २०७९, शनिबार १३:०९

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाको प्रारम्भिक मत गणनामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । वडा नं. १ बाट सुरु गरिएको मत गणनामा १०० मत गन्दा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष सहित प्यानल नै माओवादी केन्द्रले अग्रता लिएको हो ।

अध्यक्षमा माओवादी केन्द्रका शुक्र चुमानले ४९, काँग्रेसका गिर बहादुर थापाले २३, एमालेका ऋषि के.सी.ले १४, राप्रपाका रेजिना श्रेष्ठले ४ र विवेकशिल साझाका उत्सव अधिकारीले १ मत पाएका छन् भने मंगोल नेशनल अर्गनाईजेशनका काजीकुमार गुरुङले मत पाएनन्।

उपाध्यक्षमा माओवादी केन्द्रका दुर्गा अर्यालले ३६, काँग्रेसका पवित्रा गौलीले २२, एमालेका मीना अधिकारीले २५, राप्रपाका इम बहादुर के.सी.ले ६ मत पाएका छन् भने मंगोल नेशनल अर्गनाईजेशनका सोम माया खवासले मत पाइनन ।

वडाध्यक्षमा माओवादी केन्द्रका प्रेम गुरुङले ४९, काँग्रेसका किसान थापाले २४, एमालेका खिल बहादुर रानाले १४ र राप्रपाका जनकराज सेंढाईले ७ मत पाएका छन् भने मंगोल नेशनल अर्गनाईजेशनका भक्त बहादुर रानाले मत पाएका छैनन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box