तनहुँ । तनहुँको व्यास नगरपालिकाको मतगणना जारी छ । व्यास नगरपालिकाको मेयरका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले अग्रता लिएका छन् ।

उनका प्रतिष्पर्धी दीपकराज जोशी पछाडी परेका छन् । अहिले न्यौपाने जोशी भन्दा १२ मतले अगाडी छन् । न्यौपानेले मतान्तर घटाउदै अगाडी आएका हुन् ।

न्यौपानेले ७ हजार ४६५ मत पाउदा र उनका प्रतिस्पर्धी दिपकराज जोशीले ७ हजार ४५३ मत पाएका छन् । उनिहरु बीच १२ मतको मात्रै अन्तर छ ।

व्यास-६ को मतगणना सुरु भएपछि न्यौपानेको मतान्तर कम हुन थालेको थियो । अहिले व्यास-१० को मतगणना जारी रहदा शनिबार दिउँसो साढे ३ बजेपछि न्यौपानेले अग्रता लिएका हुन् ।

व्यास नगरपालिकाको वडा नं १ देखि ९ सम्मको मतगणनामा न्यौपाने जोशी भन्दा पछाडि रहेका थिए । ग्रामीण भेगको मतगणनामा न्यौपाने अगाडि बढेका हुन् ।

जोशी नेकपा एमाले र गोविन्दराज जोशी समुहको तालमेलबाट व्यास नगरपालिकाको मेयरका उम्मेदवार बनेका हुन् भने न्यौपाने नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् । न्यौपाने व्यास नगरपालिकाको निवर्तमान प्रमुख हुन् ।

व्यास नगरपालिकामा ३० हजार २४७ मत खसेको छ । अहिले व्यास-९, १०, ११, १२ को मतगणना जारी रहेको छ भने व्यास-१३ र १४ को मत गन्न बाँकी नै छ ।

उपमेयरमा कांग्रेसकी दरैको अग्रता कायमै

त्यस्तै, उपप्रमुखमा भने नेपाली कांग्रेसकी इन्दिरा दरै अगाडी छिन । उनकी प्रतिष्पर्धि नेकपा एमालेकी बसुन्धरा घर्ती निकै पछाडी परेकी छिन ।

व्यास नगरपालिकाको वडा नं-१, २, ३, ६ र ८ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । यता व्यास-४, ५ र ७ मा नेकपा एमालेले जितेको छ ।

          यो पनि :

व्यास नगरपालिकाको मेयरमा जोशीको अग्रता कायमै: पछ्याउदै न्यौपाने, घट्यो मतान्तर (मत सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *