व्यास । तनहुँको व्यास नगरपालिका-१३ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ ।
वडाध्यक्षमा नेपाली कांग्रेसका बसन्त आले निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी नेकपा एमालेका ललित बहादुर पाण्डेलाई हराएर वडाध्यक्षमा विजयी भएका हुन ।
आलेले ९२२ मत ल्याएर विजयी हुँदा उनका प्रतिष्पर्धि एमालेका पाण्डेले ७६८ मत ल्याए ।
सदस्यहरु कांग्रेसकै उम्मेदवार विजयी भएका छन । महिला सदस्यमा कमला देवी घर्तीले ९८५, दलित महिला सदस्यमा मधु माया घर्तिले ९४०, खुल्ला सदस्यमा हरिश्चन्द्र पन्थले ९१६ र नर वहादुर आलेले ७९८ मत पाएर विजयी भएका छन ।