तनहुँ । नेपाल मगर साँस्कृतिक संघ तनहुँको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्जन थापा मगर चयन भएका छन ।
बिहीबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा बालकृष्ण आले, सचिवमा सिर्जना आले मगर, कोषाध्यक्षमा सिर्जना थापा मगर चयन भएका छन ।
यस्तै सदस्यहरुमा दान बहादुर आले, कुमारी थापा, सविता थापा, सम्झना थापा, पुर्णिमा थापा, देव बहादुर थापा र चेलिमाया थापा चयन भएका छन ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल मगर संघ तनहुँका अध्यक्ष मणिराज थापा मगर रहेका थिए । कार्यक्रमको सभापतित्व संघका निवर्तमान अध्यक्ष अनुराग थापा मगर रहेका थिए ।