तनहुँ । तनहुँ जिल्लामा ७ हजार भन्दाबढी मतदाता थपिएका छन् ।
जिल्लाका ७ हजार ५४ जनाले मतदाता नामावलीमा नाम दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
गत बिहिवारसम्म जसमा ३ हजार ४१२ महिला र ३ हजार ६४२ जना पुरुषले नामावली दर्ता गराएका हुन ।
अन्य जिल्लाको ३६० जनाले तनहुँबाट नामावली दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि प्रसाद ढकालले जानकारी दिए ।
निर्वाचन आयोगले मतदाता नामावली थप्नका लागि देशका जुनसुकै निर्वाचन कार्यालयमा आवेदन दिन सक्ने व्यवस्था गरेको थियो ।
बाहिर अन्य जिल्लाबाट पनि तनहुँका लागि मतदाता थपिएको हुनसक्ने उनले बताए ।
जिल्लामा गत स्थानीय तहको निर्वाचन सम्म २ लाख ४४ हजार ३४० जना मतदाता सङ्ख्या थियो । जसमा १ लाख २७ हजार २०६ महिला र १ लाख १७ हजार १३४ जना पुरुष रहेका छन ।