टोलटोल मै पुगेर आँबुखैरेनीमा व्यवसाय नविकरण, दर्ता तथा कर संकलन अभियान सुरु

Byखवरबाटिका

३० श्रावण २०७९, सोमबार १९:४६ ३० श्रावण २०७९, सोमबार १९:४६ ३० श्रावण २०७९, सोमबार १९:४६

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले टोलमै पुगेर व्यवसाय दर्ता, नवीकरण र कर सङ्कलन सुरु गरेको छ । गाउँपालिकाले सर्वसाधारणको सहजताका लागि आइतबारदेखि टोलमै पुगेर दर्ता, नवीकरण र कर सङ्कलन सुरुआत गरेको हो ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका–३ मनकामना चोकमा आयोजित शिविरमा १७ जनाले व्यवसाय दर्ता गराएको राजश्व शाखा प्रमुख निरोज श्रेष्ठले जानकारी दिए । उनका अनुसार २२ जनाले व्यवसाय नवीकरण गरेका छन् भने ५४ जनाले भूमिकर तथा मालपोत कर तिरेका छन् । शिविरको पहिलो दिन आइतबार रु एक लाख ५५ हजार राजश्व सङ्कलन भएको उनले बताए ।

 

गाउँपालिकालाई सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यसहित टोलमै पुगेर यो अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । सबै वडामा यो अभियान सञ्चालन गरिने उनले बताए । सोमबार आँबुखैरेनी गाउँपालिका–३ कै डाँडाटोलमा शिविर सञ्चालन भएको थियो ।

शिविरका क्रममा व्यवसाय दर्ता नवीकरणमा २० प्रतिशत छुट दिइएको छ । त्यस्तै हालसम्मको जरीवाना रकम पनि छुट गरिने बताइएको छ ।

व्यवसाय दर्ता गर्दा महिला, दलित र अपाङ्गताको हकमा ५० प्रतिशत छुट सुविधा दिइनेछ । शिविरमा आवश्यक पर्ने निवेदन, नवीकरण निवेदन, बहाल सम्झौता, मुचुल्का र फोटोकपी सुविधा पनि गाउँपालिकाले उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed