कांग्रेस नेता पौडेलद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

Byखवरबाटिका

२३ असार २०७७, मंगलवार ०३:१९ २३ असार २०७७, मंगलवार ०३:१९ २३ असार २०७७, मंगलवार ०३:१९

पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आइसोलेशन कक्ष संचालन भएका तनहुँ र लमजुङका स्थानीय तहलाई पिपिई, मास्क, सेनिटाइज लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । शुक्रबार गृहजिल्ला तनहुँ आएका नेता पौडेलले तनहुँका व्यास, शुक्लागण्डकी, भीमाद नगरपालिका, बन्दीपुर र देवघाट गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेका हुन ।
स्वास्थ्य सामाग्री वितरण गर्न व्यास नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै बरिष्ठ नेता पौडेलले सत्ताधारी दलका आन्तरिक किचलोका कारण महत्वपुर्ण विद्येयक संसदमा छलफल हुन नपाएको बताए।

‘अहिले चर्चामा रहेको एमसीसीको विषयमा सकरात्मक तथा नकरात्मक पक्षको बारेमा संसदमा छलफल गरेर निश्कर्ष निकाल्नुपर्नेमा संसद बैठक नै स्थगित गर्नु दुःखद पक्ष हो,’ पौडेलले भने, ‘एमसीसी ठिक बेठीक के हो ? के कारणले सहि के कारणले राष्ट्रघाती त्यो संसदमा छलफल गर्नुको साटो संसद बैठक स्थगित गर्नु राम्रो होइन।’ उनले सत्ताधारी पार्टीको आन्तरिक किचलोले देशका मुख्य विषयमा अवरोध गर्नु राम्रो संकेत नभएको बताए ।

त्यसैगरी नेता पौडेलले नेपाल पत्रकार महासंघ तनहुँ शाखा, जिल्ला प्रहरी कार्यालय तनहुँ र लमजुङको मध्यनेपाल नगरपालिकालाई समेत पीपीई सेटसहित सर्जिकल मास्क, सेनिटाईजर र टावेलसहितको सेट सहयोग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *