मास्क बाड्दै सिडिअाे र एसपी सडकमा

Byखवरबाटिका

२३ असार २०७७, मंगलवार ०५:०७ २३ असार २०७७, मंगलवार ०५:०७ २३ असार २०७७, मंगलवार ०५:०७

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सचेतना जगाउन तनहुँका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले मंगलबार दमाैली बजारमा मास्क बाडेका छन । काेरोना भाइरस नियन्त्रणका लागि अावश्यक सावधानी अपनाउन सर्वसाधारणलाइ अनुरोध गर्दै प्रहरी सहितकाे टाेलीले मंगलबार बिहान दमाैली बजारमा मास्क बितरण गरेकाे हाे ।

जिल्ला प्रशासन कार्यालय तनहुँकाे तर्फबाट १ सय र जिल्ला प्रहरी कार्यालय तनहुँकाे तर्फबाट १ सय गरी २ सय मास्क बजारमा बितरण गरिएकाे प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए । दमाैलीकाे मेनचाेक, सफासडक, मालपोत लाइन लगायतका स्थानमा उक्त टाेलीले मास्क नलगाएका सर्वसाधारण एवं व्यापारीलाइ मास्क बितरण गरेकाे थियो ।

मास्क खोइ ?
बजारका व्यापारीलाइ मास्क प्रयोग बारे जानकारी गराउँदै तनहुँ प्रहरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *