पहिरोकाे घटना प्रति तनहुँ कांग्रेसकाे दुख व्यक्त

दमाैली – आईतबार राती देखी तनहुँ जिल्लाका विभिन्न भागमा परेको अविरल वर्षाका कारण पहिरोले घर पुरिदा व्यास नगरपालिका, ऋषिङ्ग गाउँपालिका र म्याग्दे गाउँपालिकामा गरी ११ जनाको ज्यान गएकाेमा तनहुँ कांग्रेसले दुख व्यक्त गरेकाे छ । तनहुँ कांग्रेसका सचिव विश्व बास्ताेलाले मंगलबार प्रेस बिज्ञप्ती जारी गर्दै विपत्तिमा परि दिवंगत हुने सम्पुर्णमा हार्दिक श्रद्धाञ्जली र घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेकाे हाे ।

यस प्राकृतिक विपत्तिबाट जिल्लामा कैयौं घर गोठहरु क्षतिग्रस्त भएका, खेतियोग्य जमिन बाढीले कटान गर्नुका साथै पाकेको अन्नबाली र पशुधनको क्षति हुन गएको, सडक विद्युत लगायतका सेवा संरचना अवरुद्ध भएको र वेपत्ता नागरिकको खोजि कार्य जारी रहेको हुदां पिडितको उद्धार, राहत र खोजी कार्यमा सकृय रुपमा सहयोग पु¥याउन पार्टीका स्थानिय समितिहरु, तरुण दल, नेपाल विद्यार्थी संघ, भुपु सैनिक संघ लगायत पार्टीका कार्यकर्तालाई तनहुँ कांग्रेसले निर्देशन समेत गरेकाे छ ।

अझै पनि बाढी पहिरोको जोखिम कायम नै रहेको हुदां सम्पुर्ण जिल्ला बासीहरुलाई सचेत र सुरक्षित रहन समेत तनहुँ कांग्रेसले अनुरोध गर्दै शोक, वियोग र पिडाको यस स्थितीमा घरबार विहिन पिडित परिवारलाई यथाशिघ्र राहत उपलब्ध गराई पुनस्थापना गर्नुका साथै घाइतेहरुको निःशुल्क उपचार गरी भविष्यमा हुन सक्ने प्राकृतिक विपत्तिको न्युनिकरणका लागि पुर्व तयारीमा रहन समेत सम्बद्ध सरकारी पक्षसंग अनुराेध गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button