May 16, 2022

तनहुँ । टिम नेपो तनहुँको दोस्रो अधिवेशनबाट गाेबिन्द तिमल्सेना अध्यक्षमा चयन भएका छन। शनिवार दमाैलमा सम्पन्न भएको दाेश्रो अधिवेशनले तिमल्सेनाको नेतृत्वमा नयाँ समिति चयन गरेकाे हाे ।

नयाँ कार्यसमितिको सचिवमा मिन बहादुर कुँवर, कोषाध्यक्षमा रवि अधिकारी, मेम्बरसिप कोर्डिनेटरमा नितु गुरुङ, पब्लिसिस्टमा रुपेशराज पन्थ, पार्टनरसिप कोर्डिनेटरमा विशाल खत्री, इडिटरमा रमेश नेपाली, फन्डराइजिङ कोर्डिनेटरमा विष्णु बराल, भोलेन्टिएर कोर्डिनेटरमा सन्तोष श्रेष्ठ, इभेन्ट कोर्डिनेटरमा सुवास नेपाली, प्रमोसन कमिटिमा सरस्वती रसाइली र दिलबहादुर थापा चयन भएका छ्न ।

कार्यक्रमको प्रमुख अतिथि टिम नेपो गण्डकी प्रदेश संयोजक अस्मिता पण्डितले टिम नेपो गैर सरकारी, गैरनाफामुलक युवाको क्षेत्रमा काम गर्ने सामाजिक संस्था भएकाे र यसले युवापुस्तालाइ सामाजिक कार्यमा लाग्न अभिप्रेरणा दिएको बताइन् । कार्यक्रममा पत्रकार किरण श्रेष्ठ र सविन लामिछानेले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन सन्तोष श्रेष्ठले प्रस्तुत गरेका थिए भने सचिवको प्रतिवेदन बिशाल खत्रीले प्रस्तुत गरेका थिए ।

क्लबका निवर्तमान अध्यक्ष सुजन लौडारीले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सदस्यलाई सम्मान गरेका थिए। कार्यक्रमको सभापतित्व क्लबका निवर्तमान अध्यक्ष सुजन लौडारीले गरेका थिए भने क्लबका सचिव मिन बहादुर कुवँरले कार्यक्रमको संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.