
दमाैली – व्यास नगरपालिका वडा नं. ३ स्थित निमचाेक टोल विकास संस्थाले मृृगाैला बिरामी रामलाल श्रेष्ठलाइ उपचारमा सहयाेग गरेकाे छ । टाेल बिकास संस्थाले बुधबार उनलाइ घरमै पुगी २५ हजार ३ सय ७१ रूपैया अार्थिक सहयोग गरेकाे हाे ।
टाेल बिकास संस्थाका अध्यक्ष देवी रानाभाट, उपाध्यक्ष यमुना भट्टराइ सदस्य रिता दुड्गाना, रमना दुड्गाना, रस्मिला पिया, अोममाया श्रेष्ठ लगायतले रामलाल श्रेष्ठलाइ सहयोग हस्तान्तरण गरेका हुन । मृगाैला बिरामी रामलाल श्रेष्ठकाे उपचारमा समस्या भएपछि उपचारमा सहयोग गर्ने उद्धेश्यले टोलमा सहयोग संकलन गरेर उनलाइ अाथिक सहयोग गरिएकाे टोलका सल्लाहकार योगिता श्रेष्ठले बताइन ।
मृगाैला बिरामी रामलाल श्रेष्ठकाे उपचारका लागि अार्थिक समस्या भएकाे बारेमा समाचारमा प्रकाशित भएपछि उनलाइ अार्थिक सहयोग गर्ने क्रम बढेकाे हाे ।
