भासिदै निर्माणधिन पराशर पार्क

Byखवरबाटिका

१० भाद्र २०७७, बुधबार १६:४० १० भाद्र २०७७, बुधबार १६:४० १० भाद्र २०७७, बुधबार १६:४०

सुमन श्रेष्ठ / दमाैली
दमौली ब्यास नगरपालिका वडा न ५ बेनिपाटनमा पराशर पार्क बन्दै छ। वरि परिका बस्तीहरु, झापुटार , देउराली नगर,पाटन, भादगाउँ , दमौली बासीहरु आफ्नो फुर्सदको समयमा शान्त वातावरणको खोजीमा यस स्थानमा जाने गर्दछन् । बिहान योगा स्थलको लागि भिड लाग्ने गर्छ र पुस्तक पढ्न मिल्ने स्थान पनि रहने छ । बालबालिकाहरुलाई खेल्न मिल्ने बाल-उद्दान साथै ठूलो खेल मैदान बास्केट बल कोट पार्कसँगै सेति र मादी नदीले दुवैतिर बाट पार्कको सौन्दर्यता बढाएको छ। चारैतिर हरियो वनको दृष्यले पार्क साँच्चिकै मनमोहक बनेको छ। ‘पार्कमा पुग्ने पर्यटक लोभ लाग्दा दृष्य देखेर मोहित हुन्छन्। युवा पुस्ता फोटो खिच्ने ठाउँ बनेको छ ।
ब्यास नगर पालिका र पाटन युवा क्लबको लगानीमा उक्त पराशर पार्क बन्दै छ । तर दुखको कुरा पार्क बन्दै गर्दा गएको अविरल बर्षाले पार्कमा ठूलो क्षती पुर्‍याएको छ । सेति नदिको बहाबले पार्कका धिस्को भासिदै गएको छ । ब्यास -५ का लास पोल्ने घाट बगाएको छ । बनाएको सम्रचना पुरानो र भत्केको देखिन थालेको छ । सबै मिलि पार्कको संरक्षण लाग्नु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *