फोहाेरलाइ मोहर बनाउने जिन्दालाल

Byखवरबाटिका

२८ भाद्र २०७७, आईतवार १९:०२ २८ भाद्र २०७७, आईतवार १९:०२ २८ भाद्र २०७७, आईतवार १९:०२

बिरगन्जमा २०२८ सालमा जन्मिएका जिन्दालाल पछिल्ला ३२ बर्षदेखी दमौलीमा व्यापार व्यवसायमा जुटेका छन । २०४५ सालमा दमौली प्रवेश गरेका उनले दमौलीको कवाडी संकलन गरेर नारायणघाटमा बिक्री गर्ने गर्थे । दमौलीका घरमा फोहोर बनेर बसेका समानलाई किनेर बिक्री गर्न थालेका जिन्दालालले छोटो अबधीमा नै साथीहरुसंग मिलेर कालिका हार्डवयर संचालन गरे ।
हार्डवयर व्यवसायसंगै कवाडी संकलन पेशालाई पनि निरन्तरता दिएका जिन्दालालले जेठो छोरा बाहेकका सबै छोरा छोरी दमौलीमै जन्माए। कवाडी पेशामा मात्र २५ वर्ष बिताएका जिन्दावाला पछिल्लो समय आफ्ना सन्ततीलाई सबै व्यवसाय सुम्पिएका जिन्दालालले ३२ बर्षको अन्तरालमा व्यास ४, प्रेमचौतारामा ५ तले घर समेत जोडे ।


घर घरमा रहेका फोहोर तथा खेर गईरहेका समान र कागजा खरिद गरेर बिक्री गरेका उनको जीवनबाट लगन, मेहनत र निरन्तरताबाट सफलता हासिल गर्न सकिन्छ भन्ने पुष्टि गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *