ट्याक्टर दुर्घटनामा एककाे मृत्यु

भिमादभिमादबाट घिरिङ्ग गाउँपालिकाको पुट्टार तर्फ जादै गरेको ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । ग्रिलजन्य फलामका सामाग्री बोकेर जादै गरेको लु १ त ७२०७ नम्वरको ट्याक्टर भिमाद नगरपालिका ३ सेर्कामा दुर्घटना हुदाँ पुट्टारकाका ५३ बर्षीय यदुराज घिमिरेको मृत्यु भएको हो ।यस्तै ट्याक्टर चालक ३० बर्षीय ऋषि अधिकारी समेत गम्भिर घाईते भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी  निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । ट्याक्टरका मालिक समेत रहेको अधिकारीलाई उद्धार गरेर उपचारका लागि पोखरा पठाइएको खड्काले बताए । सात जना सवार रहेको ट्याक्टर दुर्घटना हुदाँ २० बर्षीय यामबहादु दरै लगायत सामान्य घाईते भएको र उनीहरुको भिमाद स्वास्थ केन्द्रमा उपचार भईरहेको छ । प्रहरीले ट्याक्टर सडकबाट तल बारीमा खसेर दुर्घटना भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button