एमाले कार्यकर्ता भेलालाइ रावलले सम्बाेधन गर्ने

Byखवरबाटिका

२७ भाद्र २०७८, आईतवार ०८:२२ २७ भाद्र २०७८, आईतवार ०८:२२ २७ भाद्र २०७८, आईतवार ०८:२२

दमाैली – नेकपा एमाले तनहुँको आयोजनामा आइतबार दमौलीमा अगुवा कार्यकर्ता भेला हुने भएको छ । भेलालाई नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
अगुवा कार्यकर्ता भेलामा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पुर्व गृहमन्त्री खगराज अधिकारी, पूर्व मन्त्री किरण गुरुङ, जिल्ला अध्यक्ष केदार सिग्देल लगायतका नेताको सहभागिता रहने छ ।
केन्द्रमा नेकपा एमाले बिभाजन भएपछि नेकपा एमाले तनहुँले जिल्ला, नगर, वडा तहमा कार्यकर्ता भेला संचालन गर्दै आइरहेका छन । अहिलेको राष्ट्रिय राजनीतिक परिस्थिती र पार्टी भित्र देखिएको अबस्थाका बारेमा कार्यकर्ताहरुलाई जानकारी गराउने उद्देश्यले भेलाको आयोजना गरिएको नेकपा एमालेका जिल्ला अध्यक्ष केदार सिग्देलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *