जेष्ठ नागरिककाे सेवा सुबिधामा सहयाेग गर्ने मन्त्री रेग्मीकाे प्रतिबद्धता

Byखवरबाटिका

२ कार्तिक २०७८, मंगलवार २३:३३ २ कार्तिक २०७८, मंगलवार २३:३३ २ कार्तिक २०७८, मंगलवार २३:३३

देवघाट – महिला , बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले देवघाटमा अाश्रित जेष्ठनागरिककाे सेवा तथा सुविधाकाे लागि उचित सहयाेग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छिन। मंगलबार तनहुँकाे प्रसिद्ध धार्मिक स्थल देवघाटकाे भ्रमण गर्ने क्रममा मन्त्री रेग्मीले देवघाट क्षेत्र विकास समिति र देवघाट समाज कल्याण केन्द्र ( वृद्धाश्रम ) को निरीक्षण गर्ने क्रममा उक्त कुरा बताएकी छिन ।

निरिक्षणकाे क्रममा समितिका अध्यक्ष बद्री प्रसाद अधिकारी र कार्यकारी निर्देशक धिरण बाबू घिमिरेले समिति र वृद्धाश्रमको गतिविधिका बारेमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *