दमाैली – व्यास नगरपालिका वडा नं. १ मा अाइतबार साँझ नेपाल बिद्युत प्राधिकरण तनहुँकाे जीप र एक माेटरसाइकल एक अापसमा ठक्कर खाँदा माेटर साइकल चालककाे ज्यान गएकाे छ । दुर्घटनामा परी माेटरसाइकल चालक व्यास १ गल्बुबेशीका १८बर्षिय राेशन गुरूङकाे ज्यान गएकाे र माेटरसाइकलमा सवार १८ बर्षिय राेशन घर्ती गम्भिर घाइते भएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
ग २१ प ४९३६ नम्बरकाे माेटर साइकल र काे १ ध ४० नम्बरकाे गाडी एक अापसमा ठाेक्किदाँ दुघर्टना भएकाे हाे । घाइते घर्तीलाइ थप उपचारकाे लागि पाेखरा लगिएकाे छ ।