March 25, 2023

दमाैली – टिम नेपो तनहुँकाे अायाेजनामा बुधबार दमाैलीमा नेतृत्व बिकास तालिम सम्पन्न गरेको छ। टिम नेपो तनहुँका अध्यक्ष मिन कुँवरकाे सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि टिम नेपोका संस्थापक अध्यक्ष डा. निगम पौडेलले नेतृत्व विकास तालिमले समुहमा अाबद्ध युवालाइ सहयाेग पुग्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि गण्डकी प्रदेशका प्रदेश संयोजक प्रवेश पण्डित र अतिथिमा टिम नेपो तनहुँका निवर्तमान अध्यक्ष गोविन्द तिमल्सिना रहेका थिए । कार्यक्रम उपयाेगी बनेकाे कार्यक्रम संयोजक रमेश नेपालीले बताए। बुधबार नै टिम नेपाेले तनहुँ जिल्ला कारागारमा रहेका कैदी–बन्दीका लागि २ सय ५ थान किताब समेत प्रदान गरेकाे टिम नेपो तनहुँका सम्पादक उमेश पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *