बसलाइ ठक्कर दिने स्कुटर चालककाे मृत्यु

Byखवरबाटिका

७ मंसिर २०७८, मंगलवार १७:१९ ७ मंसिर २०७८, मंगलवार १७:१९ ७ मंसिर २०७८, मंगलवार १७:१९

डुम्रे–डुम्रे–बेशीसहर सडक खण्डमा मंगलबार सवारी दुर्घटनामा परी एक जनाकाे ज्यान गएकाे छ ।  तनहुँकाे भानु नगरपालिका – १ भन्सार स्थित भन्सार डुम्रे बेसिसहर सडक खण्डमा भन्सार बाट डुम्रे तर्फ आउदै गरेको ना ६ ख ९१३४ नम्बरको बसलाई साेही दिशाबाट आउदै गरेको बा ४५ प २३८३ न. को स्कुटीले पछाडीबाट ठक्कर दिएकाे हाे ।

दुर्घटनामा परी घाइते भएका स्कुटी चालक गोरखा पालुङटार नगरपालिका वडा नं ४ बडडाँडा निवासी २४ बर्षिय सुबर्ण देवकोटाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ ।  घाइते भई उपचारको लागी दमौली अस्पताल ल्याएकाेमा उनकाे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ । ठक्कर दिने बस र चालक डुम्रे प्रहरीकाे नियन्त्रणमा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *