May 18, 2022

दमाैली- एमसिसिकाे बिराेध गर्दै तनहुँका साना कम्युनिस्ट घटकहरूले प्रमुख जिल्ला अधिकारी मार्फत संघिय सँसद सचिवालयलाई ज्ञापनपत्र बुझाएका छन् । अमेरिकाले गरिब तथा बिकासाेन्मुख कमजोर राष्ट्रहरू लाई विकासको नाममा दिँदै अाएकाे सशर्त अनुदान एमसिसि भएको अाराेप लगाउँदै उनिहरूले ज्ञापनपत्र बुझाएका हुन् । शहस्राव्दि चुनाैति नियाेग एमसिसि नेपाल राष्ट्रका लागि बरदान याेग्य अनुदान हाे भनी नेपालका केही राजनितीक पाटि र स्वयं नेपाल सरकारले समेत ब्याख्या गर्दै नेपालि जनताहरू लाई दिग्भ्रमित पार्ने र अमेरिकी सरकारको निर्देशनमा संसदको अधिवेशन बाट पास गराइ याे सम्झौतालाई बैधानिकता दिन लागिएको अाराेप ज्ञापनपत्रमा लगाईएकाे छ । उक्त सम्झौतामा उल्लेख गरिएका दफा तथा उपदफा हरूले नेपाल राष्ट्रकाे स्वाधीनता र सार्वभाैमिकतामा गम्भीर अाघात पुग्ने कुरा ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझाउनेमा नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माेअाेवादिका सेक्रेटरी नवीन , नेकपा मसालका प्रवक्ता भरत केसी , नेपाल कम्युनिस्ट पार्टीका सेक्रेटरी एटम , राष्ट्रिय जनममेर्चाका अध्यक्ष पुष्पलाल श्रेष्ठ , देशभक्त जनगणतान्त्रिक माेर्चाका अध्यक्ष बेनिबहादुर थापा रहेका छन् । ज्ञापनपत्र बुझाए पश्चात् उनिहरूले दमाैलिकाे भाेर्लेटार चाेकमा पुगि काेणसभा गरेको नेकपा ब्यासका अध्यक्ष अाेमराज पन्तले बताए ।

Leave a Reply

Your email address will not be published.