कार्यकर्ता भेटघाटमा व्यस्त नेता जोशी,

Byखवरबाटिका

२२ पुष २०७८, बिहीबार २२:१७ २२ पुष २०७८, बिहीबार २२:१७ २२ पुष २०७८, बिहीबार २२:१७

करिस्मा गुरुङ
देबघाट- नेपाली काङ्ग्रेसका पुर्व सहमहामन्त्री गोबिन्दराज जोशी आगामी चुनावमा स्वतन्त्र उम्मेदवार दिने घोषणा गरे लगतै उनी कार्यकर्ता भेटघाटमा व्यस्त छन । बिहीवार उनले तनहुँको देवघाटका  कार्यकर्ता संग भेटघाट  गरेका छन । पुर्व मन्त्री समेत रहेका नेता जोशिले  नजिकिँदै आइरहेको स्थानीय चुनावलाई मध्येनजर गर्दै देबघाट गाउँपालिका वडा नम्बर ५ का कार्यकर्ताहरुसँग भेटघाट गरेका हुन । कार्यकर्ता संग भेटघाट संगै उनले  देबघाट गाउँपालिकाभित्र भएका बिकासका कार्यको अनुगमनका समेत गरेका हुन् ।कार्यकर्ता भेटघाट गर्दै उनले पार्टिले आफुलाई अन्याय गरेको बताउदैँ पार्टिले आफू लगायत दस हजार क्रियासिल सदस्यहरूको क्रियासिल सदस्य नवीकरण नगरेको मा दुख ब्यक्त गरे ।
सोही कार्यक्रममा मन्तव्य दिदैँ बि. पि. बिचार समाज तनहुँका सचिव हरिशरण पन्डितले आगामी निर्वाचनमा गठबन्धन हुने र चितवन जिल्लामा जस्तै नेपाली काङ्ग्रेस पार्टी तनहुँले अन्य पार्टिलाइ भोट हाल्नु पर्ने सम्भावना हुन सक्ने बताए । यस्तै कार्यक्रममा बि.पि. बिचार समाज तनहुका सदस्य कुशुमलाल गुरुङ , बि पि बिचार समाज तनहुँ क्षेत्र नम्बर १ का संयोजक केशर बहादुर गुरुङ , समाजसेबी शेर बहादुर गुरुङ , मिलिलियम कलेज काठमान्डौका प्रध्यापक दिपक राज गिरि,बज्रयोगिनी मा. बि.का प्र. अ.सुर्य प्रसाद ढकाल, पुर्ब शिक्षक एवं समाजसेवी पुर्ण बहादुर अधिकारी , बि.पि. बिचार समाजका क्षेत्रीय प्रतिनिधि बिस्नु प्रसाद पोख्रेल , देबघाट रेडक्रस सभापती गोबिन्द प्रसाद न्यौपाने , देबघाट गाउपालिकाका पुर्व पार्टी सभापती एवं क्षेत्रीय प्रतिनिधि प्रेम बहादुर गुरुङ , देबघाट गाउपालिका का पुर्व पार्टी सचिब एवं क्षेत्रीय प्रतिनिधि कृष्ण राज न्यौपाने , तरुण दल देबघाटका सभापती बलबहादुर पन्डित, नेपाल भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष बिस्नु प्रसाद सापकोटा , क्षेत्रीय प्रतिनिधि एवं वडा नम्बर ४ का वडा सदस्य पशुपती तिवारी , नेपाली काङ्ग्रेस क्षेत्रीय उपसभापती राधा देबि खनाल , देबघाट गाउँपालिकाका पार्टी सचिब बिनोद सारु लागायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सभापती नेपाली काङ्ग्रेस देबघाट गाउपालिकाका उपसभापती पुरुसोतम शर्मा पन्डितको अध्यक्षता सम्पन्न भएको थियोे भने नेपाली काङ्ग्रेस देबघाट गाउँपालिका वडा नम्बर ५ का सचिब बिकास पान्डेले सन्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *