March 25, 2023


दमौली -नेकपा एमाले तनहुँको नवौं अधिवेशन बाट उपाध्यक्षमा हरिराज कंडेल र सचिवमा राजेश्वर ढकाल विजयी भएका छन । आइतबार गरिएको निर्वाचनको सोमबार साझा सम्म अन्तिम मत गणनाको नतिजाले कंडेलले ३६४ र ढकालले ३२० मत प्राप्त गरी विजयी भएका हुन । उपाध्यक्षको लागि कंडेल र भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापा बिच प्रतिस्पर्धा भएकोमा थापाले १६८ मत ल्याएका छन । त्यस्तै सचिबको लागि ढकाल र बिष्णुभक्त सिग्देल बिच भएको प्रतिस्पर्धामा सिग्देलले २१९ मत प्राप्त गरे । निर्वाचनमा कुल ५५६ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *