May 22, 2022


 सुबास जैसी (खबरवाटिका सम्वाददाता ),दमौली -हत्या गरेको आरोपमा तनहुँ प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । जिल्लाको व्यास नगरपालिका वडा ११ दरैपधेरामा पोखराका २६ वर्षीय किरणकुमार गुरुङको हत्या गरेको आरोपमा सोही ठाउँका २३ वर्षीय युवकलाई नियन्त्रणमा लिएको तनहुँ प्रहरीले जनाएको छ ।बिहीवार बिहान गुरुङको हत्या भएपछि घटनास्थल पुगेको प्रहरीको टोलिले हत्या गरेको व्यक्ति फरार भएपछि खोजी गरेको थियो । खोजी कार्यमा तालिम प्राप्त कुकुर समेत परिचालन गरेको थियो । डुम्रे बजारमा सवारी साधनको चेकजाँचको क्रममा  आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी  दिए । मृतको टाउकोमा गहिरो चोट देखिएकाले हत्या गर्दा कोदालोको प्रयोग गरिएको अनुमान गरिएको छ । मृतक र नियन्त्रणमा लिएको व्यक्ति साथी रहेको बुझिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा ल्याइएको छ । #अपडेट

Leave a Reply

Your email address will not be published.