December 9, 2022

अन्जान परियार, दमाैली
कपडा तथा सिलाई ब्यवसायी संघ तनहुँ जिल्लाको प्रथम अधिवेशन बाट अध्यक्षमा राम बहादुर गुइदेल सर्वसम्मत चयन भएका छन। उधोग बाणिज्य संघ तनहुँको सभाहल दमौलिमा सम्पन्न कार्यक्रमले गुइदेलको नेत्तृत्वमा ११ सदस्यिय कार्यसमिती गठन गरेको हो। समितिको उपाध्यक्षमा राजेन्द्र कुमार परियार, सचिब मन बहादुर रतन, सह सचिब अन्जान परियार, कोषाध्यक्ष पदम राज परियार, सदस्यहरु बसन्ती श्रेष्ठ ,शिव बहादुर परियार, बिनिता श्रेष्ठ ,बिमला नेपाली, दिनेश घले र रमेस अर्याल रहेका छन।

निवर्तमान अध्यक्ष हरि बहादुर परियारको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रमुख अतिथी नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष राम कृष्ण श्रेष्ठले कार्यक्रम लाई सम्बोधन गर्दै जिल्ला कार्यसमिती लाई महासंघ बाट सहयोग गर्दै अघि बढ्ने जानकारी गराउदै ब्यवसायि र पेशा कर्मिले सिजन अनुसार तालिम लिएर सीप वृद्धि गरि ब्यवसायी आधुनिकीकरणमा गर्नु जोड दिनुपर्ने बताएका छन भने यो संस्था ब्यवसायिको हितमा काम गर्ने प्रमुख सस्था रहेको श्रेष्ठले बताएका हुन।

यसैगरी बिशिस्ट अतिथी महासंघका केन्द्रिय सदस्य एबम गण्डकी प्रदेश संयोजक किसान सेवाले ब्यवसायमा सबै भन्दा सम्मानित पेसाको रुपमा हाम्रो पेसा लाई लिइने बताएका थिए। यो पेसामा लाग्नेको संख्या बढ्दो क्रममा रहेकोले ब्यवसायी सबैले संघमा आबद्द भइ सस्थाको नियम भित्र रहेर ब्यवसाय गर्नुपर्ने जानकारी दिए। यस्तै अर्का अतिथी महासंघका केन्द्रिय सदस्य रामबहादुर घलेले तनहुँ शाखा बाट कोरोनाका कारण कैयौं पसल बिस्थापित भए भने केहि नया संचालनमा आएका छ्न । आफू हमेसा जिल्लाको अभिभावकिय भुमिकामा रहने बताएका छन।

यस्तै राष्ट्रिय फेसन डिजाइन प्रशिक्षक कृष्ण कुमारी अधिकारि, संघका प्रदेश सदस्यहरु नरेन मित्रकोटी, ममता बस्याल, सहितको उपस्थिती कार्यक्रममा राष्ट्रिय सीप बिकास तनहुँका संयोजक रमेस सेवा, र सस्थाको तर्फ बाट अन्जान परियारले पनि आफ्नो मन्तब्य राखेका थिए। कार्यक्रम सन्चालन राम बहादुर गुइदेलले गरेका थिए भने स्वागत मन्तब्य राजेन्द्र कुमार परियारले गरेका थिए।

कार्यक्रममा तीन दिने फेसन डिजाइनर तालिमका सहभागीहरु लाई प्रमाण पत्र बितरण गरिएको थियो। भने सस्थापक अध्यक्ष भेगराम परियार र प्रशिक्षक कृष्ण कुमारी अधिकारी लाई महासंघ केन्द्रिय अध्यक्ष राम कृष्ण श्रेष्ठले दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै कार्यक्रम सफलताको लागि आर्थिक सहयोग गर्ने दाता हरु लाई पनि सम्मान पत्र दिएर सम्मान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *