कन्साेटियम नेपालको गण्डकी प्रदेश सचिबालय शुभारम्भ

Byखवरबाटिका

२८ फाल्गुन २०७८, शनिबार ०८:३१ २८ फाल्गुन २०७८, शनिबार ०८:३१ २८ फाल्गुन २०७८, शनिबार ०८:३१

पाेखरा-
बालसहभागितामा कार्यरत संस्थाहरुको साझा समुह (कन्र्सोटियम नेपाल) को गण्डकी प्रदेश सचिबालयको चिल्ड्रेन नेपालको कार्यलय पोखरा मासबारमा शुभारम्भ भएको छ ।
गण्डकी प्रदेशका ११ जिल्लालाई लक्षित गरी चिल्ड्रेन नेपालको पोखरा मासबारमा सचिबालय रहने गरीे शुभारम्भ भएको छ । सचिबालयको शुभारम्भ कन्र्सोटियम नेपालका सल्लाहकार डा.कृष्ण सुबेदी,किरण थापा र बिष्णु खत्रीले सयुक्त रुपमा शुभारम्भ गरेका थिए । सल्लाहकार डा.कृष्ण सुबेदीले सचिबालय स्थापनाले बाल सहभागिताको सवालमा प्रदेशमा महत्वपुर्ण उपलब्धि भएको कुरामा जोड दिनु भएको थियो । अर्थपुर्ण बालसहभागिता सुनिश्चित गर्न कन्र्सोटियम नेपालले सातै प्रदेशमा सचिबालयको स्थापना गर्ने उद्धेश्य राखेको छ । कन्र्सोटियम नेपालले दुई दशक भन्दा लामो यात्रासंगै बाल अधिकारको आन्दोलनमा एक सुन्दर उपलब्धि पनि हासिल गरेको छ । बालबालिकाका सबालमा बालबालिकाहरुलाई नै सशक्तिकरण गरी घर परिबार देखी राज्यको निति निर्माण तह सम्म उनीहरुको अर्थपुर्ण सहभागिता सुनिश्चित गर्न एक सक्षम नागरीक संजालका रुपमा कन्र्सोटियम नेपाल रहदैं आएको छ । सचिबालयको शुभारम्भ संगै प्रदेश समितिको पुर्णता र कन्र्सोटियम नेपालमा आबद्ध हुने संस्थाहरुको संस्थागत प्रस्तुती,सदस्यता प्रमाणपत्र र ब्याच बितरणको कार्यक्रम पनि रहेको थियो । नयाँ आबद्ध भएका संस्थाहरुमा स्वाराँ सघन गाँउ बिकास केन्द्र गोर्खा,ग्रामिण सामुदायिक बिकास केन्द्र लम्जुङ, मिलन म्याग्दी,सोर्डेक पर्बत, बालहितकारी परियोजना कास्की,कोपिला नेपाल र गोनेसा कास्की रहेका थिए । नेपाल सरकारसंग सहकार्य र समन्वय गर्दै संजालले राज्यका निति तथा कार्यक्रमहरुमा बालसहभागिताको प्रबद्र्धन गर्दै आईरहेको छ कन्र्सोटियम नेपालको स्थापनाकाल देखी सदस्य रहेको संस्था चिल्ड्रेन नेपालका निमित्त कार्यकारी निर्देशक तथा कन्र्सोटियम नेपालका गण्डकी प्रदेश संयोजक डिल्ली प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । संयोजक शर्माले बाल सहभागिताका सबालमा स्थानिय तह र सबै तहका सरकारहरुमा नितिगत रुपमा संबोधन गर्नका लागी कन्र्सोटियम नेपाल गण्डकी प्रदेश साझेदारी गर्दै अगाडी बढ्ने कुरामा जोड दिनु भएको थियो । उक्त कार्यक्रममा कन्र्सोटियम नेपालको अभियान र भाबी योजनाका बारेमा कन्र्सोटियम नेपालका अध्यक्ष मोहन दँगालले जानकारी गराउनु भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सयोजक अर्जुन थापाले प्रदेशको अनुभब बताएका थिए । बाल बिकासमा टेवा पुरयाउनु र बालबालिकाहरुलाई सक्षम नागरीकको रुपमा बिकास गर्न योगदान दिनु नै बाल सहभागिताको मुल ध्येय हो, जुन बिषय आगामी दिनमा पनि गण्डकी प्रदेश कार्यलयको मुख्य मुद्धा हुने कुरा चिल्डेन नेपालका सहसंयोजक रमेश सुबेदीले बताए । कार्यक्रमको सञ्चालन प्रदेश सह संयोजक ममिता पुनले गरेकी थिईन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *