December 9, 2022

बन्दीपुर – पर्यटकिय सहर बन्दीपुर स्थित टुडीखेलबाट खसेर बुधबार(आज) एकजना बालकको ज्यान गएको छ।

बन्दीपुर २ हल्थुमका बस्ने टेक बहादुर गुरुङ्गको १७ वर्षिय छोरा कृजन गुरुङ्गको आज साँझ बन्दीपुर स्थित टुडीखेल बाट खस्दा ज्यान गएको हो। साँझ खसेको उनको उद्धार गरि उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको हो। गुरुङ्ग टुडिखेलमा लगाइएको रेलिङ्ग भत्किएर ३०० मिटर तल खसेको स्थानियले बताएका छन्। उनी भानु मा वि बन्दिपुरमा कक्षा ९ मा पढ्ने विद्यार्थी हुन्। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *