भिमादमा अबैध नदिजन्य पदार्थ उत्खनन् गर्ने ११ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा

Byकिरण श्रेष्ठ

६ बैशाख २०७९, मंगलवार १७:०२ ६ बैशाख २०७९, मंगलवार १७:०२ ६ बैशाख २०७९, मंगलवार १७:०२

तनहुँ । अबैध नदिजन्य पदार्थ उत्खनन् गर्ने ११ वटा ट्याक्टर तनहुँ प्रहरीको नियन्त्रणमा लिएको छ ।

मंगलबार तनहुँको भिमाद नगरपालिका वडा नं ५ स्थितमा रहेको विरुवा घाटबाट अबैध रुपमा बालुवा गिट्ठी र ढुङ्गा उत्खन्न गरी रहेको अवस्थाका ११ वटा ट्याक्टरलिई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय भिमाद तनहुँबाट खटिएको प्रहरी टोलीले ग १ त ३४७८, ग १ त ५४७४, ग १ त ५४२८, ग १ त ४६९२, ग १ त ५३३४, ग १ त ४८८६, ग १ त ७१८५, ग १ त ४४४६, ग १ त३३२१, ग १ त ५८८५ र ग १ त ४६३७ नं का ११ वटा ट्याक्टरहरू फेला पारी नियन्त्रणमा लिई भिमाद नगरपालिकामा पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *